झापा-झापा निर्वाचन क्षेत्र ५ मा पर्ने कमल गाउँपालिकाको वडा-६ को खयरबारी बस्ती रतुवा खोलाको किनारामा पर्दछ। खोलाको पूर्वी किनारामा रहेको यो बस्तीले अघिल्लो दशकसम्म पनि वर्षेनी बस्ती उठाउने गरेको थियो। तर यहाँ दर्बिलो गरी तटबन्धन गरिए पछि यो समस्याको अन्त्य भएको छ।
यही बस्तीमा २०८२ माघ २५ गते आइतबार पुग्नुभयो- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । त्यहाँ पुग्दा उहाँले समेत विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गर्नुभयो। बस्ति बगाउँदै गर्दा गाउँसम्म पुग्ने सडक पनि थिएन। तर अहिले न सडकको दुःख छ न, खोलाको हैरानी। अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि धन्यवाद पनि दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो।’

स्थानीयबासीहरुले अझै पनि केहि परिवार भुमिहिन रहेको र केही स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्वन्धिको समस्या समाधान गरी दिन आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्वन्धि समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोग नै खारेज गरी दिने गरेकाले समस्या समाधान हुन नसकेको बताउनु भएको थियो। शनिबार समेत कमल गाउँपालिकामा केन्द्रित हुनु भएका एमाले अध्यक्ष ओली आइतबार समेत विभिन्न बस्तिमा पुगि रहनुभएको छ।







प्रतिक्रिया