अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाली जनतासँग एमाले अध्यक्ष ओली {तस्वीरहरू}

झापाली जनतासँग एमाले अध्यक्ष ओली {तस्वीरहरू}


झापा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटलाई तीब्र बनाउनु भएको छ। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अध्यक्ष ओलीले जनताका घरदैलो मै पुगेर भेटघाट गरिरहनु भएको हो।

माघ २३ गते शुक्रबार गृहजिल्ला झापा आइपुग्नुभएका अध्यक्ष ओली हिजो शनिबार देखि झापाली मतदातासँग भेटघाटमा ब्यस्त हुनुहुन्छ।

आज आइतबार झापाको कमल गाउँपालिकाको वडा-५ बाट विभिन्न बस्तिका बासिन्दासँग अध्यक्ष ओलीले भेटघाट शुरु गर्नु भएको थियाे।

अध्यक्ष ओलीको स्वागत गर्दै स्थानीय ज्येष्ठ नागरिकहरुले अझै केही समय विश्राम नलिई देश बनाउन उहाँलाई आग्रह गरेको थियाे। अरुको भर नभएको भन्दै वृद्धवृद्धाहरुले मतदानका लागि लागि आफुहरु कसैको कुरा नसुन्ने र केपी ओलीलाई फेरि जिताउने बताएका थिए । अध्यक्ष ओली स्वर्गी खम्बा सिंह दर्जीको शोकको कार्यक्रममा पनि सहभागी हुनुभयो ।

अध्यक्ष ओली क्षेत्र नं. ५ अन्तर्गतको कमल गाउँपालिकाका विभिन्न बस्तिमा पुग्ने तालिका रहेको एमाले गाउँकमिटी अध्यक्ष हरी ढकालले जानकारी दिनुभएको छ।

अध्यक्ष ओलीले हिजो शनिवार बिहान ११ बजे कमल–५ को त्रिलोकेश्वर मन्दिरमा लागिरहेको पुराणबाट भेटघाट सुरु गर्नुभएको थियाे । अमलडाँगी, किराँत चौक, समयगढ,बाँसबारी, सोलमारी, सरङपाडा, ढ्याङ्ग्री, क्याम्प, केर्खाका जनतासँगकाे घरघरमै पुगेर हार्दिकता प्रकट गर्नुभएको थियाे। कमल गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ तथा ५ का मतदातासँग गर्नुभएको भेटघाटमा उत्साहजनक रूपमा उल्लेख्य मतदाताको उपस्थिति देखिएको थिए।

कमल गाउँपालिकामा गत स्थानीय निर्वाचनमा विभिन्न दलले गठबन्धन गर्दा पनि उपाध्यक्षसहित ७ मध्ये ४ वटा वडा जितेको यस पालिकामा कम्तीमा पनि ६० प्रतिशत मत अध्यक्ष ओलीले प्राप्त गर्ने एमालेले अनुमान गरेको छ।

झापामा रहुन्जेल अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ केन्द्रित विभिन्न निर्वाचन गतिविधिमा सहभागी हुने जनाएकाे छ। यस क्रममा अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ता र झापाली मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम तय भएको छ।