काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहको काठमाडौं महानगर–४ स्थित घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनिष राजवाहक, खिमबहादुर खड्का र सञ्जय श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार मनिष राजवाहक नख्खु कारागारबाट भदौ २४ गते फरार भएका व्यक्ति हुन् र उनले बालेनको घरसहित विभिन्न पाँच स्थानमा चोरी गरिसकेको स्वीकार गरेका छन्। चोरी भएका केही ल्यापटप लगायतका सामान उनीबाट बरामद गरिएको छ।
खिमबहादुरले चोरीका सामान किनबेचमा सहयोग गरेको आरोप छ भने सञ्जयले चोरीका ल्यापटप सस्तो मूल्यमा लिएको खुलेको प्रहरीले जनाएको छ।
प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।






प्रतिक्रिया