अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका उम्मेदवार भगवती चौधरी जिताउ अभियानमा जोडिँदै सुनसरी-३ का जेनजी

एमालेका उम्मेदवार भगवती चौधरी जिताउ अभियानमा जोडिँदै सुनसरी-३ का जेनजी


सुनसरी–सुनसरी क्षेत्र नम्बर ३ का जेनजी युवाको सूर्य चिन्हमा आकर्षण बढेको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको काम देखेर भरोसा योग्य उम्मेदवार चौधरी नै हो भन्दै ‘भगवती जिताउ अभियान’मा सहभागी हुन थालेका छन्। सुनसरी बर्जु १ की जेनजी सिता कुमारी मेहताका परिवारका सबै सदस्य कांग्रेसमा छन् तर उहाँ एमाले प्रवेश गर्नुभयो । मेहता भन्नुहुन्छ, ‘भगवती चौधरी सबैका कुरा सुन्नुहुन्छ महिलाका लागि धेरै लड्नुभएको छ । उहाँ गरिब–बिपन्न वर्गको हितका लागि गरेका कामले मलाई उहाँकै नेतृत्वमा अघि बढन मन लाग्यो ।’

दुहबी–८ का जेनजी युवाहरूले भगवती चौधरीलाई जिताउन युवा समूह नै गठन गरेका छन् । उनीहरू भन्छन्, ‘हामी भाषण होइन, परिणाम खोज्छौं । भगवती चौधरीले दुई हजारलाई रोजगार दिलाउनुभएको छ । युवालाई प्रविधि सिकाएर आम्दानी गर्न सक्ने बनाउछु भन्नुभएको छ । उहाँले गरेको काम देखेर हामी जिताउने अभियानमा लाग्यौं ।’

भगवती चौधरीले घोषणा पत्र बनाउने क्रममा पनि युवासँग निरन्तर सल्लाह लिइरहनुभएको छ । उहाँले युवामैत्री घोषणा पत्र ल्याउने जनाइसक्नुभएको छ ।

आधुनिक सूचना प्रविधिमार्फत युवालाई दक्ष बनाउँदै घरमै बसेर स्वरोजगार सिर्जना गर्न सकिने योजनासहित आफू अघि बढेको नेतृ चौधरीले बताउनुभयो। उहाँले “डिजिटल सीप, घरमै रोजगारी” भन्ने नारा अघि सार्नुभएको छ ।

सुनसरी–३ बाट अघिल्लो निर्वाचनमा भगवती चौधरी नेपाली कांग्रेसका विजय कुमार गच्छेदारलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । उहाँले गच्छेदार भन्दा ५ हजार १८८ धेरै मत प्राप्त गर्नुभएको थियो ।