अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट युवा संघको केन्द्रीय नेतृत्व झापा ५ मा केन्द्रित

एमालेनिकट युवा संघको केन्द्रीय नेतृत्व झापा ५ मा केन्द्रित


झापा-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेतृत्व झापा ५ मा केन्द्रित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा युवा संघ अध्यक्ष महाराज गुरुङसहितका नेताहरू टोल भेलासम्म गरेर युवा संगठित गर्न केन्द्रित भएका छन्।

अध्यक्ष ओलीविरुद्ध घेराबन्दी भएपछि युवा संघले वडा झापा ५ का सबै पालिकामा वडा कमिटीहरू समेत गठन गर्दै युवालाई संगठित गर्ने अभियान चलाएको हो ।

अध्यक्ष ओलीको सुरक्षा र मतदातालाई समेत भयमुक्त बनाउन युवा संघले टोल टोलमा स्वयंसेवक दस्ता समेत बनाइरहेको छ ।