पोखरा-कास्की २ मा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ लडेर घाइते हुनुभएकाे छ। बास्तोला निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा ११ फूलबारीमा सिँढीबाट लडेका हुन् ।
बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । बास्तोलाको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । बास्तोलाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको देब्रे हातको नाडी भाँचिएको र अपरेसन गर्नुपर्ने भएको छ ।






प्रतिक्रिया