अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली गौरीगञ्ज केन्द्रित कार्यक्रममा

एमाले अध्यक्ष ओली गौरीगञ्ज केन्द्रित कार्यक्रममा


झापा-नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ।

झापा क्षेत्र-५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ । आजको अध्यक्ष ओलीको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट शुरु हुने छ । सो कार्यक्रममा उहाँले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यस पछि उहाँ मतदातासँगको भेटका लागि विभिन्न बस्तिमा पुग्नु हुने छ।

पुर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नु हुने छ । शुक्रबार देखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुुन भएको छ ।

उहाँले शनिबार र आईतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गर्नु भयो । त्यस क्रममा स्थानीयले यस क्षेत्रको विकासका लागि ओलीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकि कामहरु पूरा गर्न आग्रह गरेका थिए ।