झापा-मतदाता तथा कार्यकर्तासँगको संवादका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका पुग्नुभएको छ।
चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक गौरीगञ्ज सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरुसँग अहिले संवाद गर्दै हुनुुहुन्छ । आज दिन भरि गौरीगञ्जका विभिन्न टोल पुग्ने कार्यक्रम अन्तर्गत सवै भन्दा बढि समय ओलीले यहिँ खर्चिनु हुने छ । निर्वाचन परिचालन समिति गौरीगञ्जका सचिव कृष्ण महतोका अनुसार सो कार्यक्रममा उहाँले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यस पछि उहाँ मतदातासँगको भेटका लागि विभिन्न बस्तिमा पुग्नु हुने छ ।

पुर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उहाँले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नु हुने छ । शुक्रबार देखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुुन भएको छ ।






प्रतिक्रिया