झापा गौरीगञ्जका बासिन्दाहरुले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोवर र गुँईठाका बारेमा दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न चेतावनी दिएका छन्।
आइतबार अध्यक्ष ओली समेत गौरीगञ्ज पुग्नुभएको समयमा स्थानीयले गोवरको सही उपयोगका बारेमा अध्यक्ष ओलीले बोल्दा पनि केही व्यक्तिहरुले तोडमोड गरेर भ्रम छर्न खोजेको उनीहरुले बताए।
‘गोवर कृषिका लागि उपयोगी छ, यसलाई बरु गोवर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ। यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’ गौरीगञ्ज ३ का श्रवण गिरीले भन्नुभयो, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक रुपमा तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन।’

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो ठाउँमा मात्र विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेहरुलाई उहाँले प्रश्न पनि गर्नुभयो, ‘हुम्लामा कस्ले मोटरबाटो लग्यो, दैलेखको ग्यास कस्ले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कस्ले विस्तार गर्यो, क्रिकेट स्टेडीयम कस्ले बनायो ? त्यस तर्फ चाहिं केही नबोल्ने अनि अनेक अफवाह फैल्याउने ?’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली केहि दिन देखि आफ्नै निर्वाचन क्षेत्रका मतदातासँगको भेटमा सक्रिय रहनु भएको छ। आज उहाँले गौरीगञ्जका विभिन्न टोलमा पुगि मतदाताका कुरा सुन्ने कार्यक्रम छ।







प्रतिक्रिया