दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्त्वहरूले आफूमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताउनु भएको छ।
सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले २०८२ भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधिक तत्वहरु घुसेर विध्वंस मच्चाएको र तिनै अपराधिक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताउनुभएको हो।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधिक तत्वहरुले नै बनाएको धारणा राख्नुभयो। अध्ययक्ष ओलीले मुलुकको विकासका लागि एमालेले सवैभन्दा धेरै काम गरेको दाबी समेत गर्नुभयो ।
गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं। ५ का उम्मेदवार रहनुभएका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत हुनुभएको छ ।
सो क्षेत्रमा पुग्दा स्थानीयले त्यस क्षेत्रमा टेलिफोनको टावर निर्माण गरि दिन माग गरे । मोवाईलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताउनुभयो ।






प्रतिक्रिया