अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन्: एमाले अध्यक्ष ओली

काठमाडौंका ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन्: एमाले अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताउनुभएकाे छ।

सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताउनुभयाे ।

अध्यक्ष ओलीले भन्नभयाे, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’

यस्तै, अध्यक्ष ओलीले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताउनुभयाे।

अध्यक्ष ओलीले भन्नभयाे, ‘अर्को कुरा मैंले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुदैँन् । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो।’ देश जातले होइन्, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उहाँको भनाई छ।

अध्यक्ष ओलीले भन्नभयाे, ‘कुन जातको उम्मेदवार छ भनेर देश बन्दैन। देश बनाउन जातले होइन्, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ। त्यसकारण जातका कुरा गरेर हिड्नु हुँदैन्।’