झापा-निर्वाचनमा मतदातासँग भेटघाटमा रहनु भएका झापा ५ का उम्मेद्वार एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज निर्वाचन क्षेत्रको दक्षिणी क्षेत्रमा जाँदैहुनुहुन्छ । आज उहाँले मतदातासँग मैदानमा ६ घण्टा बिताँउदा १० ठाउँमा भेटघाट गर्नुहुने पार्टीले जनाएको छ ।
पार्टीका जिल्ला सचिव तुलसी कार्कीका अनुसार आजको कार्यक्रम गौरादह नगरपालिकाका दक्षिणी क्षेत्रहरु वडा नं ४,५ र ६ मा केन्द्रित छन् । गौरादह नगर चुनाव प्रचार प्रसार समितीका संयोजक गजेन्द्र घिमिरेका अनुसार वडा नं ५ को बालुबथानबाट विहान ११ बजे सुरु हुने आजको भेटघाट अपरान्ह ४ बजे वडा नं ५ कै खाङ्टामा पुगेर समापन गर्ने तयारी छ । निर्वाचन परिचालन कमिटीले दिएको जानकारी अनुसार ११ बजे बालुबथान,११.४५ मा चप्रामारी,१२.३० बजे कोहबरा,१ बजे तेलियाडाँगीमा मतदातासँग भेटघाट रहेको छ । यसैगरी १.३० बजे दामुना,२ बजे सिंगीडुब्बा,२.३० बजे आरती नगरमा भेटघाट रहेको छ । यस्तै३.३० बजे स्कूलचौन,४ बजे दत्रुचौन हुँदै खाङ्टामा पुगेर आजको भेटघाट समापन गरिने घिमिरेले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा अध्यक्ष ओलीले मतदताका गुनासो सुन्ने,विकास निर्माणका समस्या बुझ्ने,आम मतदाता सुझाव र आक्रोस दुवै ग्रहण गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउने गर्नुभएको छ । हिजो अध्यक्ष ओलीले गौरीगञ्ज गाउँपालिकाका विभिन्न ठाउँमा आयोजना गरिएका भेटघाटमा सहभागी हुनु भएको छ । कार्कीका अनुसार निर्वाचन क्षेत्रका चौक चौकमा अध्यक्ष ओलीसँग भेटघाटका कार्यक्रम राखिएको छ ।






प्रतिक्रिया