अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरादहको बालुबथानबासी भन्छन्: देश बनाउने जिम्मा केपी शर्मा ओलीकै हाे

गौरादहको बालुबथानबासी भन्छन्: देश बनाउने जिम्मा केपी शर्मा ओलीकै हाे


दमक- झापाको गौरादहस्थित बालुबथानका स्थानीयबासीले देश बनाउने जिम्मा केपी शर्मा ओली बाहेक अरुलाई दिन नसकिने बताएका छन्। मतदाताहरुसँगको भेटघाटका लागि नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली पुग्दा उनीहरुले विगतका गरेका कामले नै यो देश निर्माणको नेतृत्व ओलीले मात्र लिन सक्ने प्रष्ट भइसकेको उनीहरुले जनाए।

तीन दशक भन्दा लामो समय देखि आफ्‌नो ठाउँमा विकास गर्दै आउनुभएका केपी ओलीलाई फेरि पनि निर्वाचित गराएर पठाउन यस क्षेत्रका बासिन्दा आतुर भएको स्थानीयको भनाई छ।

बाटो, विजुली, खानेपानी लगायतका पूर्वाधार नभएको ठाउँमा केपी ओलीकै पहल र प्रयासले सवै सुविधाहरु प्राप्त गर्न सफल भएको उनीहरुले बताए। आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र ५ बाट उम्मेद्वार रहनुभएका एमाले अध्यक्ष ओली केही दिनदेखि मतदाताहरुसँगको भेटमा सक्रिय रहनु भएको छ।