सप्तरी-सप्तरीको राजविराजमा चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह विवादमा तानिएका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा बालेनले गाडीमै बसेर मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकतर्फ माला फ्याँकेको देखिएको छ।
उक्त घटनापछि मधेस केन्द्रित राजनीतिक वृत्त र स्थानीय बासिन्दाहरूले यसलाई शालिकप्रति अपमान गरेको भन्दै आपत्ति जनाएका हुन्।
यसबारे बालेन शाह वा रास्वपाको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन।






प्रतिक्रिया