अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो

रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो


रामेछाप-रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिनुभयो। 

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । बसका बाँकी यात्रुको अझै खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ ।