अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन

फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्न आयाेगकाे निर्देशन


काठमाडौंं-प्रतिनिधि सभा निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगको मंगलबार बसेको बैठकले तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलले चुनावी घोषणापत्र ल्याउन थालेका छन्। केही दलले ल्याइसकेका छन् भने केही ल्याउने क्रममा छन्। 

निर्वाचन आचारसंहिता अनुसार घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयाे। 

राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउनुपर्नेछ। 

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

२०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।