अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीकाे आग्रह- चुपचाप छाप होइन, सोचिबिचारी छाप !

एमाले अध्यक्ष ओलीकाे आग्रह- चुपचाप छाप होइन, सोचिबिचारी छाप !


झापाने-कपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा भावनात्मक बहकाउभन्दा तथ्य र कामको आधारमा मत माग्न कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा व्यस्त ओलीले देशभर चुनावी मैदानमा उत्रिएका एमालेका उम्मेदवार तथा प्रचारकलाई मतदातासँग आँखामा आँखा जुधाएर संवाद गर्न आग्रह गर्नुभएकाे छ।

अध्यक्ष ओलीले एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत भएको बताउनुभएकाे छ। परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्ने भन्दै उहाँले बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्न भन्नुभएकाे छ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्। एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो। ‘बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ। मतदातालाई डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखामा आँखा जुधाएर प्रश्न गर्ने अवसर दिनुपर्छ।’

अध्यक्ष ओलीले ‘साइको थ्रेट’ को राजनीतिले चुपचाप छाप भन्दै उक्साएकाे बताउनुभएकाे छ। तर स्वस्थ निर्वाचन संस्कृतिले विमर्श र निर्णयलाई प्राथमिकता दिने उहाँको जोड छ।

‘साइको थ्रेट’ले भन्छ– चुपचाप छाप। स्वस्थ निर्वाचन संस्कृतिले भन्छ– आँखा जुधाएर विमर्श र निर्णय । त्यसैले हाम्रो आह्वान– चुपचाप छाप होइन, सोचिबिचारी छाप। आँखा खोलेर भविष्य निर्माण,’ ऋओलीले भन्नुभएकाे छ।

झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार अध्यक्ष ओली निर्वाचन क्षेत्रमा मतदाता भेट गर्ने र उनीहरुका माग, गुनासा र सूझाव सुनिरहेका छन्।

रास्वपा समर्थकहरूले ‘चुपचाप घण्टी छाप’ को नारालाई सामाजिक सञ्जालमा व्यापकता दिइरहेका छन् ।