अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली मतदाता भेटघाटका लागि टोल टोलमा,आज पूर्वी गौरादहका ११ ठाउँमा सहभागी हुने

अध्यक्ष ओली मतदाता भेटघाटका लागि टोल टोलमा,आज पूर्वी गौरादहका ११ ठाउँमा सहभागी हुने


झापा-नेकपा एमालेको अध्यक्ष एवं झापा क्षेत्र नं ५ का उम्मेद्वार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादहका ११ ठाउँमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
पार्टीको गौरादह नगर कमिटीले दिएको जानकारी अनुसार ११ बजे गौरादहको चारालीबाट सुरु हुने कार्यक्रम अपरान्ह ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ । पार्टीले दिएको जानकारी अनुसार ११.४५ बजे पेट्रोलपम्पमा,१२.३० बजे डिठा चौकमा,१ बजे हाँसखोरामा मतदातासँग भेटघाट कार्यक्रम राखिएको छ । यसैगरी १.३० बजे मादलडाँडा हुँदै पुरानो ग्वालडुब्बा,२ बजे ठकठकेमा कार्यक्रम राखिएको छ । यस्तै २.३० बजे बैराती,३ बजे जुरोपानी र ३.३० बजे ग्वालडुब्बामा भेटघाट राखिएको छ । यस्तै ४.१५ बजे जामबाडी र ४.४५ बजे जयबहादुर अधिकारीको टोलमा कार्यक्रम राखिएको नगर कमिटी अध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले टोलटोलमा आयोजना गरिएका भेटघाटमा मतदाताका समस्या सुन्ने त्यसलाई सम्बोधनको प्रतिवद्धता जनाउने गर्नु भएको छ । अध्यक्ष ओलीसँगको साक्षात्कारमा मतदाताले स्थानीय क्षेत्रमा भएक भौतिक,शिक्षा र स्वास्थ्यका असुविधाहरुलाई बढी उठाउने गरेका छन् । अध्यक्ष ओलीले हिजो पश्चिम गौरादहका बालबथान देखि स्कूलचौनसम्मका १० ठाउँमा मतदातासँग भेटघाट गर्नुभएको थियो ।