अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजारमा ग्यास नपाएको गुनासोपछि निगमले टेकु परिसरबाट थाल्यो बिक्री

बजारमा ग्यास नपाएको गुनासोपछि निगमले टेकु परिसरबाट थाल्यो बिक्री


काठमाडौ-बजारमा खाना पकाउने ग्यास (एलपीजी)को अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि काठमाडौंको टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ।

डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।