दमक-झापाको गौरादहका बासिन्दाले नेकपा एमाले दुवो जस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन्। झापा क्षेत्र-५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवो जस्तै ननासिने र नमासिने पार्टी भएकाले कहिल्यै पनि कसैको डाहाले कमजोर नहुने बताउनुभयो।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष चारआली चोकमा पुग्दा एमालेको जराको रुपमा आम मतदाता रहेकाले ढुक्क हुन समेत अध्यक्ष ओलीलाई उनीहरुले आग्रह गरे।
झापा क्षेत्र नं. ५ का लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार समेत रहनुभएका केपी ओली माघ २८ गते बुधबार गौरादहका विभिन्न टोल र गाउँमा केन्द्रित हुनुभएको छ। बुधबार डिट्ठाचोक, हाँसखोरा, मादलडाँडा, ग्वालडु्व्वा, पुरानो ग्वालडुव्वा, बैराती, जामबाडी, ठकठके, जुरोपानी लगायतका बासिन्दासँग अध्यक्ष ओलीले भेट गर्ने कार्यक्रम रहेको छ। चार दिन देखि अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तिमा पुगिरहनु भएको छ।






प्रतिक्रिया