कपिलवस्तु-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए ।
गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्वजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताउनुभयाे ।
‘सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो,’ डीएसपी सिंहले भन्नभयाे, ‘भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ।’
भट्टराईले यसअघि पनि पटकपटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने गरेको प्रहरीको भनाइ छ। भट्टराईलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।






प्रतिक्रिया