काठमाडौं-नेकपा (एमाले)का मोरङ-६ का उम्मेदवार विनोद ढकाललाई पितृशोक परेको छ। एमाले उम्मेदवार ढकालका पिता विष्णुप्रसाद ढकालको १०२ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
स्वर्गीय ढकालको आजै दिउँसो ३ बजे विराटनगर १ स्थित सिंघिया किनारको परोपकार घाटमा अन्त्येष्टि गरिने जनाईएको छ।
‘आज अभिभावक गुमाएको दिन ! मेरो पुजनिय पिता विष्णुप्रसाद ढकालको आज मिति २०८२ माघ २९ गते बिहीबार बिहान १०२ वर्षको उमेरमा असामायिक निधन भएकोले हाम्रो परिवार मर्माहत भएका छौँ। बुवाको बैकुण्ठ बासको कामना गर्दछौँ ।’ ढकालले फेसबुकमा लेख्नुभएकाे छ, ‘बुवाको पार्थिव शरीरको अन्त्यष्टि २०८२ माघ २९ गते बिहिबार दिनको ठिक ३ बजे घर (सम्झना चोक, विराटनगर–५) बाट परोपकार घाट विराटनगर–१ मा हुने सम्पूर्ण आफन्त, छरछिमेकी तथा इष्टमित्रमा जानकारी गराउँदछौँ।’
स्वर्गीय ढकालका २ छोरा र ६ छोरी गरी ८ सन्तान मध्ये हाल १ छोरा (विनोद ढकाल) र ४ छोरी हुनुहुन्छ I एमाले नेता ढकाल स्वर्गीय ढकालका कान्छो सुपुत्र हुनुहुन्छ I






प्रतिक्रिया