अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिमेकीलाई एमाले अध्यक्ष ओलीको जवाफ: बुबालाई घर जलेको कुरा सुनाएको छैन

छिमेकीलाई एमाले अध्यक्ष ओलीको जवाफ: बुबालाई घर जलेको कुरा सुनाएको छैन


झापा-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गर्नुभएको छ। भद्रपुर–१ स्थित हिमालीमा रहेको बुबाको घर २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको थियो।

काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली जलेको घर हेर्न श्रीमति राधिका शाक्यसहित हिमाली पुग्नुभएको थियो। घर जलेपछि पहिलो पटक उहाँ हिमाली पुग्नुभएको हो।

अध्यक्ष ओलीलाई छिमेकीहरुले बुबाको हालखबर सोधेको थिए। बुबालाई हेर्न पाउदैनौ भन्ने जिज्ञासामा जवाफ दिंदै उहाँले भन्नुभयो– ‘यो जलेको घर हेर्न कसरी पठाउनु, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौं।’

झापा-५ मा चुनावी भेटघाटमा आउनुभएको उहाँ एक साता मतदातासँग बिताएर आज काठमाडौं फर्किनु भएको छ।