अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी होइन: नेता देवेन्द्र दाहाल

एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी होइन: नेता देवेन्द्र दाहाल

अहिलेको सरकार विकाश विरोधी


दमक-नेकपा एमाले झापा क्षेत्र-५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले आगामी निर्वाचनमा एमालेको जीत राष्ट्रिय आवश्यकता रहेको बताउनुभएको छ। बिहीबार दमकमा सञ्चारकर्मीहरूसँग भएको अन्तरक्रियामा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका दाहालले राष्ट्रियताको संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एमालेले जित्न जरुरी रहेको उहाँले बताउनु भएको हो।

यस्तै उहाँले नेकपा एमाले जनताका प्रश्नबाट भाग्ने पार्टी नभएको समेत प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘मतदाताले आफ्‌ना कुरा उम्मेदवार र पार्टीसँग प्रस्टसँग राख्न पाउनु पर्छ र चित्तबुझ्‌दो जवाफ खोज्नु पनि उनीहरूको अधिकार हो। त्यसैले हामी जनताका प्रश्नबाट भाग्दैनौँ, हामीलाई र हाम्रा उम्मेदवारलाई जनतासँग छलफल र भलाकुसारी गर्न कुनै समस्या छैन।’ 

राष्ट्रियताको सवालमा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानका कारण पनि देशैभरि एमाले नै जनताको पहिलो रोजाई रहेको उहाँले जनाउनुभयो। नाकाबन्दी विरुद्ध निर्वाह गरेको जिम्मेवारी तथा लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालका नक्सामा समेट्ने कामबाट राष्ट्रियताको सवालमा एमाले भन्दा बलियो पार्टी र अध्यक्ष ओली भन्दा अडानको नेता अर्को नभएको नेपाली जनताले बुझेको नेता दाहालले बताउनुभयो।

अहिलेको सरकार विकाश विरोधी
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहनुभएका नेता दाहालले अहिलेको सरकार विकास बिरोधी देखिएको बताउनु भयो। केपी ओली नेतृत्वको सरकारका बेलामा जारी गरिएको बजेटका महत्वपूर्ण योजनाहरु कटौती गरेर, योजना रोक्का गरेर सरकारले विकाश विरोधी चरीत्र देखाएको उहाँले जनाउनुभयो। यस्तै सुकुमबासीहरुलाई धनीपूर्जा वितरणको काम भइरहेको समयमा आयोगनै विघटन गरेर सरकार भूमिहिन तथा सुकुमबासीहरुको बिपक्षमा छ भन्ने पुष्टि भएको उहाँले जनाउनुभयो। अदालतको आदेशबाट आयोग व्युतिए पनि सरकारको असहयागका कारण काम हुन नसकेको नेता दाहालको दाबी छ।

सुकुमबासी बस्तिमा डोजर चलाउनेले भ्रम छर्दैछन्
काठमाडौमा सुकुमबासीका बस्तिमा डोजर चलाउनेहरुले झापामा आएर सुकुमबासी समस्या समाधान गर्छौं भनेको कुरा भ्रमपूर्ण रहेको झापाली जनताले बुझिसकेको नेता दाहालको भनाई थियो। एमाले अध्यक्ष ओली पहिलो चरणको भेटघाट सकेर काठमाडौ फर्कनुभएको छ। घोषणा पत्रको तयारी सकेर पुनः उहाँ झापा आउनु हुने निर्वाचन प्रचार उपसमितिका संयोजक एवम् एमाले केन्द्रिय सदस्य इन्द्र भण्डारीले जानकारी दिनुभयो।