भद्रपुर-काठमाडौँ फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताको धेरै माया र विश्वास पाएको बताउनु भएको छ। आज दिउँसो भद्रपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
सञ्चारकर्मीहरुले मतदाताको माया कस्तो पाउनुभयो भन्ने जिज्ञासा राखेका थिए। अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का मतदाताबाट धेरै माया र विश्वास पाएको प्रतिक्रिया दिनुभयो।
एक साता आफ्नो क्षेत्रमा मतदातासँग बिताउनुभएका अध्यक्ष ओलीलाई स्थानीय समस्या, विकास योजना माग र कतिपय अपुरो योजनाहरुका बारेमा जानकारी गराइएको थियो। मतदाताले अध्यक्ष ओलीलाई आफ्नो क्षेत्रका मतदाताहरुलाई बेलाबेला भेट गर्ने कार्यक्रम समेत राखिदिन सुझाव दिएका छन्। उहाँले क्षेत्रमा आफ्ना मतदाताहरुलाई पर्याप्त समय दिई छलफल गर्नुभएको थियो।
भद्रपुर-१ स्थित हिमालीमा जलेकोको बुबाको घर हेरेर काठमाडौं फर्किनु भएका अध्यक्ष ओली फागुन ३ गते झापा आउने जनाइएको छ।






प्रतिक्रिया