अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

बागलुङमा स्कुल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते


बागलुङ-बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्। बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताउनुभयो ।