अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मुखैमा जसपा र नेकपाका नेता एमाले प्रवेश

चुनावको मुखैमा जसपा र नेकपाका नेता एमाले प्रवेश


ओखलढुंगा-ओखलढुंगामा प्रतिनिधि सभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

जिल्लामा नेकपा र जसपाबीच चुनावी तालमेल भए पनि सो पार्टीको प्रभाव क्षेत्र खिजिदेम्बाका वडाध्यक्ष उम्मेदवार समेत रहेका जिल्ला समिति सदस्य वोङ्छे शेर्पा समर्थकहरुसहित एमालेमा प्रवेश गरेका हुन्।

शेर्पा २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट खिजिदेम्बाको वडा नम्बर ८ मा वडाध्यक्ष उम्मेदवार बनेर १६५ मत प्राप्त गरेका नेता हुन्। निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्ष जितेको थियो। एमालेको चुनावी घरदैलोकै क्रममा शेर्पासहित नेकपाका पूराना नेता समेत रहेका डिबी परियार पनि एमालेमा प्रवेश गरेका छन् ।

चुनावी अभियानका क्रममा भुसिङ्गा पुगेका एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार,प्रतिनिधि सभामा एमाले उम्मेदवार अस्मिता थापालगायतले नव प्रवेशी नेताहरुलाई स्वागत गरेका थिए।

 प्रवेश गरेका नेता शेर्पालाई निर्वाचन परिचालनको समेत जिम्मा लगाइएको छ। एमालेले समयको माग बुझेर युवा महिला अस्मिता थापालाई उम्मेदवार बनाएकोले अहिलेको अवस्थामा उनी नै उपयुक्त प्रतिनिधि हुने भएकाले एमालेमा समाहित भएरै जिताउने सल्लाह गरेर आफूहरुले उक्त निर्णय लिएको शेर्पाले बताउनुभयाे।