लिला ढुंगेल (दाहाल) अखिल नेपाल महिला संघकी झापा जिल्ला अध्यक्ष हुन्। उनी नेकपा एमालेकी एक शसक्त नेतृ हुन्। एमालेको राजनीतिमा धैर्यतापूर्वक भूमिका निर्वाह गरिरहेकी दाहाल दमकको समाज,राजनीति र महिला आन्दोलनमा चिनिएको नेता हुन्। राजनीतिका सिंडी नछुटाइ उक्लिरहेकी दाहाल सम्भावनायुक्त नेताको रूपमा उदाइरहेकी छिन्। उनै दाहालसँग आसन्न निर्वाचनका बारेमा गरिएको कुराकानीको अंशः
अखिल नेपाल महिला संघ झापाले चुनावको तयारी कसरी गरिरहेको छ ?
देशलाई जसरी फागुन २१ को निर्वाचन लागेको छ। झापालाई पनि त्यसैगरी चुनावको चटारो लागेको छ। झापालाई जसरी चुनावी चटारो छ, नेकपा एमालेलाई त्यस्तै चटारो छ। एमालेलाई जुन रूपमा चुनाव लागेको छ। अनेम संद्धलाई त्यसैगरी चुनाव लागेको छ। त्यसैले हामीले चुनावी तयारीको नीतिगत र सैद्धान्तिक सबै काम सकेका छौं। हामीले जिल्ला कमिटीको बैठकबाट १५ वटै पालिकाका कमिटीका बैठक गर्न भनेका थियौं। ती काम सकिए। वडा कमिटीका बैठकहरू सकिए। महिलाहरूका टोल भेला पनि अब सकिने क्रममा छन्। अनेम संघमा समेटिएका करिब २० हजार महिलाहरूअहिले चुनावी प्रचारका लागि तैनाथ अवस्थामा हुनुहुन्छ।
तपाईंको पार्टीले महिलालाई उम्मेद्वार चाहिं बनाएन । प्रचारमा चाहिं लगायो हैन ?
त्यस्तो होइन। एमालेले महिललाई उम्मेद्वार बनाएन भन्ने कुरा गलत हो। बागुलङकी मञ्जु चालिसे, धनुषाकी जुली महतो, बाराकी ज्वाला साह पुरुष हुन् ? हाम्रो पार्टी संविधान र कानुन मान्ने पार्टी हो। संसदमा ३३ प्रतिशत महिला पु¥याउनु पर्ने संवैधानिक प्रावधानलाई पार्टीले शिरोधार्य गर्दछ। प्रत्यक्षमा समेटिन नसकेका महिला नेताहरू समानुपातिकबाट संसदमाा प्रवेश गर्नुहुन्छ। तपाईंले झापामा पनि देख्नुहुन्छ नि मेनुका काफ्ले नर्वदा पाठक, विना साहहरू समानुपातिकको अग्र सूचीमा हुनुहुन्छ। त्यसैले एमालेले महिलालाई उम्मेद्वार बनाएन भन्ने प्रश्नै गलत छ।
तपाईं झापा-५ कै बासिन्दा। यो क्षेत्रबाट अध्यक्ष केपी शर्मा ओली प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । एमालेको अवस्था के कस्तो छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको एउटा राजनीतिक ‘आइकन’ हो। लामो समय देखि उहाँकै भिजनमा देश चलिरहेको छ। उहाँको राष्ट्रवादी अडान,चीनसँगको पारवाहन सम्झौता, विकासको नयाँ परिभाषा र मेघा प्रोजेक्टहरूको सुरुवातले उहाँको परिचय मात्र हैन विश्व मानचित्रमा नेपालको पनि पोजिसन बदलिएको कुरा यहाँलाई थाहा नै छ। नेपाल सार्वभौम देश हो । कुनै पनि देशको भूगोल सानो ठूलो हुन सक्छ तर राष्ट्रियता सानो ठूलो हुँदैन भनेर अडान दिने नेता केपी ओली हो । यही मान्यतामा रहेर २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको सामना गर्ने साहस ओलीले दिनुभएको हो। यस्तो नेतालाई हाम्रो क्षेत्रको रूपमा प्रतिनिधि पाउनु गौरवको कुरा हो।

यी सबै कुराले केपी ओलीप्रति आम मतदाताको धारणा सकारात्मक छ। केपी ओलीले यस क्षेत्रमा गरेको भौतिक विकासका काम। सडक, पुल, विद्यालय, क्याम्पस, विजनेस टावर, औद्योगिक पार्कको पूर्वाधार आदिले ओलीलाई यस क्षेत्रमा बलियो बनाएको छ। आम मतदाताका माझ उहाँ लोकप्रिय नेता हो। अर्कातिर यो क्षेत्रमा नेकपा एमालेको जग ओलीले बनाउनुभएको हो। उहाँले बनाएको नेकपा एमालेको जगको घर यहाँ बलियो छ। त्यसैले हामीले विगतका निर्वाचनमा देखि नै फराकिलो मतान्तरले जितिरहेका छौं।
निर्वाचन परिचालनमा महिलाहरू कसरी खटिरहेका छन् ?
ड्ड निर्वाचन प्रचारका लागि एमाले पार्टी नै मैदानमा छ। त्यसैले अनेम संघ यो मैदान भन्दा बाहिर हुने कुरै भएन। त्यसैले हामी खटिरहेका छौं । प्रत्येक वडा र टोल भेला बोलाएर महिलाहरूलाई घर दैलोमा जान सुरू गर्नुभएको छ। महिलाहरुले घरको काम,बालबच्चा,सासु ससुरा स्याहारेर पनि समय निकाले निर्वाचन प्रचारमा छौं। टोल टोलका भेटघाटबाट हामी अब घरभित्र पस्दैछौं। दमकका वडा-८, ९, १० र ५ मा घरभित्र प्रवेश गर्ने अभियान सुरू भइसकेको छ। कतिपय सहरी क्षेत्रमा दिउँसो घरमा मानिसहरू भेट नहुने, आफ्ना पेशा, व्यावसामा जाने हुने भएकोले हामी अब बिहानै घर घरै जाँदैछौं।
महिलाहरू के भन्छन् त ?
यस क्षेत्रमा झण्डै ८० हजार महिला मतदाता छन्। उनीहरूले विगतमा पनि केपी शर्मा ओली नै अत्याधिक मत दिएका हुन्। यसपाली पनि दिने छन्। महिलाहरुले केपी शर्मा ओलीलाई नै मत दिने कारणहरु पनि छन्। जस्तै ज्येष्ठ नागरिक आमाहरूले बृद्धभत्ता मासिक ४ हजार रुपौयाँ केपी शर्मा ओली नै दिनुभएको हो। यो पैसाले उहाँहरुको गुजारा चलेको छ। युवा र शिक्षित महिलाहरुले नेपालको महिला आन्दोलनमा उहाँको भूमिका देख्नु भएको छ। नेपालमा प्रथम महिला राष्ट्रपति कसले बनायो ? पहिलो महिला सभामुख कसले बनायो ? प्रथम प्रधानन्यायधिस कसले बनायो ? प्रथम महिला मुख्यसचिव कसले बनायो ? यी सबै एतिहासिका काम केपी शर्मा ओली नै बनाउनु भएको हो। महिला शसक्तीकरणका लागि ओलीको यो कदमको जनजनमा मनमनमा बसेको छ। त्यसैले नेपाली महिलाको समृद्धि र शसक्तिकरणका लागि केपी ओलीको भूमिकालाई उच्च मूल्यांकन गर्दै महिलाहरुले केपी शर्मा ओलीलाई मतदान गर्नेछन्।
(लिला अखिल नेपाल महिला संघ, झापाका अध्यक्ष हुनुहुन्छ।)






प्रतिक्रिया