झापा – नेकपा एमालेले आजदेखि झापाको निर्वाचन क्षेत्र नम्बर ५ का सबै घरघरमा पुगेर मतदाताका सुझाव र समस्या बुझ्न एकै पटक हजारौँ कार्यकर्ता परिचालन गरेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा क्षेत्रनम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार मतदाताका सुझाव तथा पार्टीसँग प्रत्यक्ष जोड्ने उद्धेश्यले घरदैलोलाई तिव्र बनाइएको हो । भेटघाटमा पार्टीका आफ्नो भूगोलमा रहने केन्द्रिय पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी, जिल्ला, क्षेत्रीय कमिटिमा रहने सबै पदाधिकारी तथा सदस्यहरु,जनवर्गीय संगठनका आवद्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, स्थानीय टोल समितिमा आवद्ध कार्यकर्ता सहभागी रहने मतदाताका घर घरमा पुगेर भेटघाट र छलफल गरिएको छ । यस क्रममा जनतबाट आएका सुझाव र पार्टीले खेल्नु पर्ने भूमिकाका बिषयलाई सम्बोधन गरिने जनाइएको छ ।
यस निर्वाचन क्षेत्र अन्र्तगतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेद्धार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिजयी गराउन समेत आग्रह गरिएको छ । झापाको दमक नगरपालिका ५ स्थित प्रशान्ति टोलमा भेटघाटमा व्यस्त नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुङ्गेल दाहालका अनुसार आफ्नो क्षेत्रका टोलका प्रत्येक घरमा पुगेर मतदातासँग छलफल गरि रहेका छौ । यस क्रममा धेरै मतदाताले दिएका सुझाव,गुनासा तथा समस्याहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाइएको दाहालले जानकारी दिनुभयो । भेटघाटको क्रममा जनताले दिएको आश्वाशन सुझावले आफुहरुलाई थप उत्साहित बनाएको छ दाहालकोे भनाई छ ।
यस क्रममा आगामी फागुन २१ गते हुने निर्वाचनमा देश बिकास गर्ने तथा देशको नेतृत्व गर्ने गरि नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यो क्षेत्रबाट बिजयी गराउन सन्देश लिएर जनतासँग जोडिने अभियान अघि बढाइएको उहाँले जानकारी दिनुभयो । दाहालको टोलीले बिहान ११ बजे देखि साँझसम्ममा करिब ७० घरमा पुगेर भेटघाट गरिएको जानकारी अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
पार्टीको निर्वाचन रणनीति अन्र्तगत यो क्षेत्रका सबै वडाका सबै टोल कमिटीका एकै पटक एउटै योजना लिएर नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् । यसरी परिचालन भएका कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रमहरु चिर्ने काम गरेको छ । सामाजिक सञ्जालमा लेखिने, बोलिने ज्यादै निकृष्ट शब्दहरुले समाजमा नकारात्मक सोचको बिकास भइरहेको र यस प्रवृतिले विपक्षीप्रति मतदाताहरु थप रुष्ट बनेको पाइएको दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।पौडेलका अनुसार दमकका प्राय सबै वडाहरुले यो अभियान थाली सकेका छन् ।

आफ्नो टोलमा कुनै पनि उत्श्रृखल गतिबिधि र भ्रामक प्रचार गरेर दुर्घटना हुन नदिने गरि समाजमा एक आपसमा सद्भाव र मित्रवत व्यवहार कायम राख्न सबैमा अनुरोध समेत गरिएको घरदैलोका सहभागीहरु बताउछन् । आजदेखि सबै टोलमा यो अभियानको रुपमा अघि बढाइएको छ ।






प्रतिक्रिया