काठमाडौँ-काठमाडौँको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाइएको छ।
मन्दिर परिसरमा साजसज्जा, सरसफाइ तथा व्यवस्थापनका कार्यहरू तीव्र गतिमा अगाडि बढाइएको जनाइएको छ। भोलि महाशिवरात्रीका अवसरमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, विशेष भजन–कीर्तन कार्यक्रम तथा महाआरतीलगायतका विविध धार्मिक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ।
उक्त कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद ग्रहण गर्नुका साथै भगवान् भालेश्वर महादेवको आशीर्वाद प्राप्त गर्न सक्ने मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । महाशिवरात्रीको अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएकाले आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारीसमेत मिलाइएको बताइएको छ ।






प्रतिक्रिया