झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताउनुभएको छ। काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गर्नुभयो।
बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए।
अध्यक्ष ओलीले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिनु भएको छ।

चुनावी अभियानका लागि अध्यक्ष ओली काठमाडौँबाट फागुन ३ गते आइतबार झापा फर्किनुभएको हो। ओली झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनुहुन्छ।
अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया