दमक-नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा निर्वाचन क्षेत्र-५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले प्रत्येक कार्यकर्ता भ्रम चिरेर जनताको घरघरमा पुग्न आवह्रान गर्नुभएको छ।
आज झापाको दमक ५ मा नेपाल खेलकुद महासंघ दमक नगर समितिले आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राख्नु भएको हो। अहिले हाम्रो समाजले समाजिक सञ्जालमा अपशब्द, निकृष्ट शब्दावलीको बर्षा गराइएको छ। उहाँले यसले समाजमा एआईको प्रयोग गरी भ्रामक, गाली, गलौज, ढाट छलको संस्कार विकास गरिदै आएको बताउनुभयो। यसले गर्दा समाजलाई सही दिशामा लान पनि अहिले नेकपा एमालेका प्रत्येक कार्यकर्ता समाज सुधार गर्न घरघरमा पुगेर जनतालाई बुझाउन आवश्यक रहेको छ उहाँले बताउनुभयो।

एमालेको नेतृत्वमा कहिले पनि बहुमतको सरकार निर्माण हुन सकेन त्यसैले पनि कसैको सहारा लिएर सरकार बन्दा एमालेका नीति कार्यक्रम लागु गर्न सकिएन। त्यसैले अबको सरकार एमालेको बहुमतको निर्माण गर्नपर्ने बाध्यता छ। सबै कार्यकर्ताले बहुमत पुर्याउने गरि निर्वाचनमा लाग्न सबैकार्यकतालाई आह्रान गर्नु भएको हो।

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र दाहालले खेलकुद महाँसघममा आवन्द सबै जनाले समाजजिक सञ्जालमा आएका गलत बिषयलाई चिर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा संघकी केन्द्रिय सदस्य इन्दु सिग्देलले स्वागत मन्तब्य दिनुभयो । त्यस्तै कार्यक्रम संघकी नगर कमिटी सचिव चेतना निरौलाले सञ्चालन गर्नुभएको थियो भने नगर अध्यक्ष खड्ग राईको अध्यक्षतामा भएको थियो ।






प्रतिक्रिया