दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु नै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताउनु भएको छ।
आइतबार झापा आईपुग्नु भएका उहाँले दमक २ स्थित हिमालय माविमा भएको कार्यक्रममा विगतका राजनीतिक एवम् जनाधिकारका आन्दोलनहरुमा पनि शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गराउनु भयो ।

उहाँको नेपालको शिक्षा क्षेत्र र शिक्षकहरुका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । आफु पनि २०२६ सालको शिक्षक रहेको स्मरण गर्दै अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागिर मात्र नभई समाज रुपान्तरणको अभिभारा समेत रहेको बताउनुभयो । शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरुमा समेत पुगेर शिक्षकहरुले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैल्याएको भन्दै उहाँले समयानुकुल वेतन अभावमा पनि शिक्षकहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

समय समयमा हुने शिक्षक आन्दोलनका क्रममा सहि ढंगले योजना बनाउने र विषय उठान गर्ने कार्यको अभावमा पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुका समग्र माग संवोधनका लागि एमालेले शिक्षकहरुसँगै रहेको बताउनुभयो ।






प्रतिक्रिया