अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले विकास विरोधी चरित्र देखायो: अध्यक्ष ओली

सरकारले विकास विरोधी चरित्र देखायो: अध्यक्ष ओली


दमक-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले सार्वभौम संसदले अमुमोदन गरेको बजेटका विकास कार्यक्रम कटौती गरेर विकास विरोधी चरीत्र देखाएको बताउनु भएको छ।

आइतबारबाट शुरु भएको दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक ४ मा पुग्नु भएका उहाँले एमाले र एमालेका अध्यक्षसँग पूर्वाग्रही भए ढंगबाट विकासको रकम कटौती गरिएको बताउनुभयो। लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा उहाँले धिमाल समुदायका संग्रालय, ग्रामथान लगायतको विकासका लागि एमालेले नै प्राथमिकता दिएको पनि बताउनुभयो। धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धीका लागि एमालेले अगुवाई गरेको अध्यक्ष ओलीको भनाई थियो ।