अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति ?


काठमाडौँ-पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल÷मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको छ।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगेको छ। 

यस्तै, चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ।