दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनैभरी दमकका मुख्य चौकहरुमा आयोजना गरिएका बिभिन्न कार्यक्रममा ब्यस्त रहनुहुने भएको छ ।
दमक नगरपालिका अन्तरगत मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार आज बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागि रहनुहुने छ । त्यस लगत्तै दमक ६ को शंङ्कधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ ।
यसरी नै दिउसो १ बजे दमक ७ मा रहेको तविन चौकमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । दिउसो २ बजे दमककको वडा नं १ स्थित हावल्दार चौकमा आयोजना गरिएको भेटघाटमा पुग्नु हुने छ । अपरान्ह्र ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागिग हुने कार्यक्रम रहेको छ । आजै बेलुका ४ बजे दमक ३ स्थित आमचौकमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्र्तगतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसक्नु भएका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । स्थानीयले आफ्नै चौक चौकमा आउनुभएका ओलीसँग भेटघाट र संवादबाट उत्साहित भएको प्रतिकृया दिने गरेका छन् । अध्यक्ष ओली हिजो झापा आएपछि नै बिभिन्न कार्यक्रम तथा भेटघाटमा ब्यस्त हुनुहुन्छ ।






प्रतिक्रिया