दमक-झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहलाई ठूलो झड्का लागेको छ। झापा निर्वाचन क्षेत्र-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतासहित विभिन्न दलमा आबद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नुभएको हो।

सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुग्नु भएका अध्यक्ष ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनाल सहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो।
एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन्। आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं .५ का उम्मेद्वार समेत रहनु भएमा एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ।






प्रतिक्रिया