बुटवल-जनता समाजवादी पार्टीबाट रुपन्देही-३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका हुन्। यादवले आज विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा (एमाले)मा समाहित भएको घोषणा पनि गरेका हुन् ।
प्रचलित कानुन अनुसार उम्मेदवारी दर्ता गरी मतदाताको घरदैलोमा पुगेको उल्लेख गर्दै वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकको राजनीतिक स्थायित्व र निकासका लागि एमाले नै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने विश्वाससहित एमालेलाई रोजेको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।
यादवलाई एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरू भुमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,प्रमोद यादब, हरिप्रसाद अधिकारी, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरे ।







प्रतिक्रिया