अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुने

एमाले अध्यक्ष ओली आज दमक क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुने


दमक- नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहुने भएको छ।

निर्वाचन लक्ष्यित कार्यक्रममा अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्नुहुने छ।

कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उहाँ सहभागी हुनुहुने छ।
त्यसपछि १२:२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तरगतको मिडिया परिचालन उप समिती संयोजक इन्द्र भण्डारीले जानकारी दिनु भयो ।


उहाका अनुसार दिउँसो १:२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुनुहुनेछ। त्यसैगरी २:२० देखि ३ बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्रमा, तथा ३:२० देखि ४ बजेसम्म किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
आजको भ्रमणका क्रममा अध्यक्ष ओलीले स्थानीय कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको ओलीको निर्वाचन कमान्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो ।