अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै

अध्यक्ष ओलीले आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै


झापा-नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का उम्मेद्वार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैहुनुहुन्छ। निर्वाचन प्रचारका क्रममा रहनुभएका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लाग्नु भएको हो।

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ। प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना,एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिनुभयो।

अमरसिंह चौकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिबद्धता पत्र सार्वजनिक गरिने दाहालले जानकारी दिनुभयो। अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से,टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ। दमक ८ स्थित संगम चौक,कृष्ण मन्दिर,धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चौकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ।