दमक-झापाको निर्वाचन क्षेत्र-५ को उत्तरी क्षेत्रका बासिन्दाले सिँचाइको सुविधा उपलव्ध गराई दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन्।
आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यसै निर्वाचन क्षेत्रका उम्मेद्वार समेत रहनुभएका ओली मंगलबार स्थानीयसँगको भेटघाटका लागि पुग्नु भएको समयमा उनीहरुले सो माग गरेका हुन्। विगतमा सडक, विद्युत, खानेपानी लगायतको सुविधा ओलीकै पहलबाट प्राप्त भएको भन्दै बाँकि सुविधा पनि अध्यक्ष ओलीकै प्रयासबाट प्राप्त हुनेमा आशावादी रहेको दमक ३ का डिकेन्द्र घिमिरेले बताउनुभयो।

दमक ३ को दुम्सेमा भएको भेटघाटका क्रममा स्थानीयले सो क्षेत्रमा निर्माणको प्रकृयामा रहेको बिराट बुद्धमुर्ती सहितको पार्कलाई गति दिन पनि आग्रह गरेका छन्। दमकको दक्षिणी क्षेत्रमा औद्योगीक पार्क, मध्य भागमा भ्युटावर र उत्तरी भेगमा बुद्धमूर्ती सहितको पार्कले दिर्घकालिन रुपमा दमकलाई अन्तर्राष्ट्रिय औद्योगीक र पर्यटकीय सहरको रुपमा विकास गर्ने स्थानीयबासीको अपेक्षा छ।
अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरुसँग भेटघाट गर्नु भएको थियो । आज (मंगलबार) समेत उहाँ दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ ।






प्रतिक्रिया