अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई मतदाताले भने, ‘देशमा शत्रु लागे’

अध्यक्ष ओलीलाई मतदाताले भने, ‘देशमा शत्रु लागे’



दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा-३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुग्नु भयो। त्यहाँ पुग्दा पूर्वप्रधानमन्त्री स्थानीयबासीले भव्य रुपमा स्वागत मात्र गरेनन्, मनमा उकुस मुकुस भएका भावनाहरु पोखे। स्थानीय बिष्णुकान्त न्यौपानेले भ्युटावर तर्फ देखाउँदै भन्नुभयो, ‘हाम्रा आँखै अघि रातभरि झललल बल्ने यस्तो भव्य धरहरा जस्तो भ्युटावर थियो, यसलाई हुलहुज्जत गरेर तोडफोड गरे, जलाए। अहिले त गाउँ नै अन्धकार जस्तो भएको छ।’

उहाँसँग रहनुभएकी सरस्वता न्यौपानेले थप्नुभयो, ‘यो देशमा शत्रु लागे हजुर, यस्तो राम्रो भवन जलाई दिए। उता काठमाडौंमा पनि उसै गरे। किन यस्तो भएको हाम्रो देशमा ?’ उहाँहरुको आक्रोश, गुनासो र भावनाले अध्यक्ष ओलीलाई पनि गम्भिर बनाय।
अन्य स्थानीयबासीहरुले पनि कम्प्लेक्स सर्वसाधारणका लागि खुल्ला भएसँगै स्थानीय स्तरमा व्यवसायीक र आर्थिक चहल पहल बढेको बताए। तर छोटो समयमानै यसलाई तोडफोड र आगजनी गरिए पछि खुल्दै गरेका आम्दानीका श्रोतहरु पनि बन्द भएको प्रति उनीहरुको चिन्ता थियो। दमक ३ का बासिन्दाले सो विजनेस कम्प्लेक्सलाई पुनः मर्मत गरी सञ्चालनमा ल्याउन जरुरी रहेको बताएका थिए।

अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरुसँग भेटघाट गर्नु भएको थियो। आज (मंगलबार) समेत उहाँ दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ।