अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा इन्द्रेणी तालमा मोटरबोट सयर

अध्यक्ष ओलीद्वारा इन्द्रेणी तालमा मोटरबोट सयर



दमक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को इन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गर्नु भएको छ। आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुग्नु भएको हो । त्यस क्रममा उहाँले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गर्नु भएको हो । त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट् गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन कृयाशिल हुने बताएको थियो ।

दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघि देखि सो मोटरबोट सञ्चालनमा आएको हो । सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिम तर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ । ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन् । दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ ।