अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीका तुलसी यादव एमाले प्रवेश

सर्लाहीका तुलसी यादव एमाले प्रवेश


सर्लाही-सर्लाहीको बसबरिया गाउँपालिका-२ का वडा सदस्य तथा मधेसी मुक्ति मोर्चाका जिल्ला सदस्य तुलसी यादवले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

यादवलाई संविधान सभा सदस्य शिवपुजन राय यादव र प्रतिनिधि सभा सदस्य उम्मेदवार अमनिश कुमार यादवले टीका तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हाे । साथै, यादवसहित अन्य चार, पाँच जना पनि एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले तुलसी यादवको आगमनले एमाले सङ्गठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । नवप्रवेशी यादवले जनताको विकास र समृद्धिका लागि एमालेको नेतृत्वमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।