झापा-नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी फागुन २१ गते हुने चुनावमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गर्नुभएको आज आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाता सामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै एमालेलाई सिद्ध्याउन आगो लगाएको भएपनि पहिलो पार्टी बन्ने दाबी गर्नुभएको हो।
अध्यक्ष ओलीले भन्नुभयो ‘एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। यतिका लागि त हामी हतार नै गरेका थिएनौँ त। हामी त २०८४ पर्खिराख्या थियौँ। तर हामीलाई पहिलो पार्टी हुने मौका मिल्ने भयो। यतीका लागि यत्रो आगो किन लगाउनु पर्थ्योरु एमाले सिद्ध्याउन आगो लगाए, एमाले पहिलो पार्टी हुन्छ। त्यो मैले भन्ने गरेको छु। एमाले विरोधी शक्तिहरूलाई मैले भन्ने गरेको छु, कान खोलेर सुने हुन्छ, एमाले आउँदो निर्वाचनमा पहिलो पार्टी हुन्छ।
अध्यक्ष ओलीले बहुमत ल्याएन भने पनि पहिलो पार्टी बन्ने जिकिर गर्नुभयो। उहाँले भन्नुभयाे, ‘देशमा अराजकता मच्चाउने, आगजनी गर्ने, राज्यको सम्पत्ति आगजनी गर्ने, तोडफोड गर्नेलाई नेपाली हुँ भन्न पनि सरम हुनु पर्दछ। अर्काको सम्पत्ति लुटपाट गरेर, लुटेर जीविका चलाउने नेपाली जाति होइन। नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन।’






प्रतिक्रिया