काठमाडौँ- युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या देखिएको समस्या समाधान भएको छ। आज बिहान युट्युब डाउन हुँदा विश्वभरका लाखौँ प्रयोगकर्ताले समस्या भोगेका थिए । नेपालमा केहीबेर अवरुद्ध भएको युट्युब अहिले चलिरहेको छ । कतिपय ठाउँमा भने अझै राम्रोसँग युट्युब चलेको छैन ।
सामाजिक सञ्जालमा पनि प्रयोगकर्ताहरूले युट्युब नचलेको भन्दै गुनासो पोखिरहेका थिए । गुगल र युट्युब टिभीमा पनि केही समस्या देखिए पनि मुख्य असर भने युट्युबको मुख्य प्लेटफर्ममै परेको थियो ।
परीक्षण गर्दा युट्युबको होमपेज, सर्ट भिडियो र सब्स्क्रिप्सन फिडजस्ता मुख्य फिचरहरूले काम गरेका थिएनन् । मोबाइल एप र वेबसाइट दुवैतिर यो समस्या देखिएको थियो ।






प्रतिक्रिया