अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा मधेस सभापति ममता शर्माद्वारा राजीनामा घोषणा

रास्वपा मधेस सभापति ममता शर्माद्वारा राजीनामा घोषणा


काठमाडौँ-रास्वपा मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गर्नुभएकाे छ। रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्नुभएकाे हाे।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उहाँले राजीनामा पत्रमा लेख्नुभएकाे छ। 

उहाँले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताउनुभएकाे छ। उहाँले भन्नुभएकाे छ, ‘सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलत: आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ।  यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु।’

 शर्मा बाराकी हुन् ।  शर्मा रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन्। यसपाली टिकट पाउने आशामा हुनुहुन्थ्याे तर अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट जनाउँदै आउनुभएको थियो ।

समानुपातिकमा पनि ममताले निवेदन दिनुभएकाे थियाे ।  शर्माले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल हुनुभएकाे थियाृ, तर लिस्ट बनाउँदा पार्टीले शर्माकाे नाम सात नम्बरमा पुर्‍याएको थियो, त्यसपछि उहाँले समानुपातिकमा बस्न अस्वीकार गर्नुभएकाे थियाे।

शर्माले सामाजिक सञ्जालमै लेखेको राजीनामा पत्रको पूरा पाठ यस्तो छ