अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवार घिमिरेसँग अधुरो बाटो पुरा गर्नेदेखि आश्रम निर्माणमा सहयोग गर्न माग

उम्मेदवार घिमिरेसँग अधुरो बाटो पुरा गर्नेदेखि आश्रम निर्माणमा सहयोग गर्न माग


बिर्तामोड-फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरुलाई समय दिएको छ।

झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेले आज बिहान अर्जुनधारा वडा नं. ११ का विभिन्न चोक, टोलहरुमा घरदैलो गरेका छन् । एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक एकराज कार्कीसहितको टोलीले वडा नं. ११ को नारायण चोक, सेवारो टोल, गिरीबन्धु बगान क्षेत्र, स्टाफ चोकमा मत माग्दै जनताका सूझाव समेत संकलन गरेको छ।
उम्मेदवार घिमिरेले बाँकी कामहरु पुरा गर्न साथ दिनुहोस् भन्दै मतदातालाई आग्रह गरेका छन् । घरदैलोका क्रममा उम्मेदवार घिमिरेलाई स्थानीयबासीले बाटो निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गरे । नयाँ खोलिएका बाटोमा ग्राभेल, ग्राभेल बाटोमा कालोपत्रे र विजुलीको पोल व्यवस्थापन गरिदिन स्थानीयको माग छ ।


घरदैलो कार्यक्रममा सरसफाई अभियान्ता गणेश ढुङगानाले अनाथ आश्रम निर्माणका लागि सहयोग गर्न अनुरोध गरेका छन् । आफुले फोहोर संकलनबाट आएको रकमले जग्गा खरिद गरेर अघि बढेको बताउदै उनले आश्रम निर्माणका लागि आग्रह गरेका हुन् । उनले विजयको शुभकामना दिदै उम्मेदवारहरुलाई फुलमाला लगाइदिएका छन् ।


यस्तै, सो क्षेत्रका बासिन्दाहरुले स्टाफ चोकदेखि लाहुरे टोल जाने बाटो कालोपत्रेको काम अघि बढाइदिन माग गरेका थिए । उक्त बाटो निर्माणको आवश्यक प्रक्रिया अघि बढिसकेको स्थानीय अंगत धिमालले जानकारी िदिए । कालोपत्रेको कामलाई जनताको चाहना बमोजिम छिटो गरिदिन आग्रह गरे ।
वडा नं. ११ का विष्णु मगरले घर अगाडिको बाटो निर्माण गरिदिन उम्मेदवारसँग आग्रह गरेका छन् । उनले हिले खोलासँगै रहेको बाटो निर्माण गर्नुका साथै विकासका कामहरुलाई प्राथमिकता दिन सूझाव दिएका छन् ।