काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले ग्याल्पो ल्होसारलाई हाम्रो हिमाली सभ्यताको महत्त्वपूर्ण उत्सवका रूपमा उल्लेख गर्नुभएको छ। याे पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र सहअस्तित्वको भावना झल्काउने उहाँको भनाइ छ। ‘शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार, हाम्रो हिमाली सभ्यताको महत्त्वपूर्ण उत्सव हो’, उहाँले सन्देशमा लेख्नु भएकाे छ ।
अध्यक्ष ओलीले ग्याल्पो ल्होसारकाे अवसरमा सम्पूर्ण शेर्पा समुदायलगायत देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। “ग्याल्पो ल्होसारको अवसरमा हार्दिक शुभकामना ! सबैको जीवन सुखमय रहोस्,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ।
ग्याल्पो ल्होसार विशेषगरी हिमाली क्षेत्रका शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने पर्व हो। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, पूजाआजा तथा पारम्परिक परिकारका साथ उत्सव मनाइन्छ।






प्रतिक्रिया