दमक- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो यो क्षेत्रमा कालो पत्रे हेर्न राजमार्ग आउनु पथ्र्यो, अहिले कालोपत्रे नभएको सडक खोज्नु पर्ने अवस्था पुगेको बताउनुभएकाे छ।
आज झापाको दमकमा तीन पाङ्ग्रे सवारी चालक श्रमिकहरुसँगको अन्र्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राख्नुभएको हो। अध्यक्ष ओलीले भन्नुभयो, ‘पहिलो पटक यो क्षेत्रमा आफु चुनाव प्रचारमा हिड्दा गाडीमा नै काेदालो (फरुवा) बोकेर हिड्नु पथ्र्यो। पूर्वपश्चिम राजमार्ग बाहेक अन्यक्षेत्रमा कालोपत्रे सडक थिएन।’
खासगरी २०७२ सालपछि नेकपा एमाले नेतृत्वमा सरकार निर्माण भएपछि अहिले कालो पत्रे सडक नभएको क्षेत्र खोज्दै हिड्नु परेको छ। पछिल्लो २०७२ देखि ८२ सालको दश बर्ष बीचको समयमा नेपालमा असाधारण रुपमा बिकासले फड्को मारेको छ।
यो क्षेत्रमा भएको भौतिक विकासले गर्दा अहिले दमक नगरपालिका भित्र मात्र अहिले लगभग ६ हजार भन्दा बढी तीनपाङ्ग्रे सिटी रिक्सा सञ्चालनमा रहेका छन्। नगरभित्रका प्राय सबै क्षेत्रमा कालोपत्रे सडक पुगिसकेको छ। जसले गर्दा नै यति धेरै सख्यमा तीनपाङ्ग्रे सवारी साधन चल्न सहज भएको छ भने दैनिक प्रत्यक्ष रुपमा ६ हजार मजुर वर्गमा रहेका नागरिकलाई रोजगार मिलेको अध्यक्ष ओलीको भनाई छ।
बिपन्न, न्युन आय आर्जन गर्ने मजदुर वर्गको हित र भोकमरीको अन्त्य गर्ने पक्षमा नेकपा एमाले लडिरहने अध्यक्ष ओलीको भनाइ छ। नेपालको संविधानमा नै गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार अनिवार्य गरिएको प्रसंग उल्लेख गर्दै उहाँले नेपालमा भोकमरीको अन्त्य गर्ने चरणमा पुगेको बताउनुभयो ।
आफ्नो नेतृत्वमा सरकार भएको अवस्थामा श्रमिकको हितका लागि यस्ता कानुनी ब्यवस्था गरिएको हो अध्यक्ष ओलीको दावी थियो । यसले दिनभरी काम गर्ने तर बिहान बेलुका खान नपाउने मजुदुर वर्गलाई प्राथमिकतामा राखेर नेकपा एमालेले नीति नियम तयार गरेको हो। जसका कारण अव कानुनी रुपमा नै भोकमरी विरुद्ध लड्न मजुरलाई मार्ग खुल्ला भएको छ।
सिटी चालक मजदुरले सडकमा सवारी चलाउदा सामान्य ट्राफिक नियम जान्नु पर्ने बाध्यता छ । नत्र दुर्घटना भएर ठुलो क्षति हुने सम्भावित खतरालाई मध्यनजर गर्दै अध्यक्ष ओलीले लाइसेन्स लिने प्रकृया सहज गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।
एक जना सिटी चालकले ओलीसँग आफ्नो पीडा सुनाउदै भन्नुभयो “आफुले ९ बर्षदेखि बीना लाइसेन्स सिटी रिक्सा चलाई रहेको छु । लाइसेन्सको लागि पटक पटक यातायात कायर्कालय पुग्दा समेत कागजी झन्झटिलो प्रकृया देखाएर दिइएन । मेरो अरु रोजगार नभएकाले बिना लाइसेन्स नै सिटी चलाइरहेको छु । लाइसेन्स बिना नै सवारी साधन लचालाउनु मेरो जीवनको ठुलो जोखिम पनि हो ति मजदुरले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आफ्नो अध्यक्ष ओलीसँग भन्नुभयो ।
चालकको यस्तो गु्नो सुनेपछि अध्यक्ष ओलीले कुनै पनि कानुनी अड्को थापेर काम नरोक्न सम्बन्धित कार्यालयलाई निर्देशन समेत गर्नुभयो । यातायातले लाइसेन्स नदिने तर बर्षौदेखि सवारी साधन जोखिम मोलेर चलाई रहनु पर्ने परिस्थितिको तत्काल अन्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दमक जीफन्टका अध्यक्ष मेघनाथ सुवेदीले अहिले स्थानीय तह र यातायात कार्यालय बीचमा समन्वय नहुदा राजस्वमा एकरुपमा नभएको बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले प्रति सिटी बार्षिक कर ६ सय रुपमा लिएर दर्ता प्रकृया अघि बढाएको छ । तर यातायात कार्यालयबाट बार्षिक प्रति सिटी ६ हजार लिने गरेको बताउनुभयो । उहाँले ब्लु बुक नविकरण, देखि राजस्व श्रमिकको बीमा ब्यवस्था समेत हुनुपर्ने माग अध्यक्ष ओली समक्ष राख्नुभएको छ ।






प्रतिक्रिया